बिहीबार, मंसिर २७, २०८१

स्वास्थ्यकर्मीलाई तोकिएभन्दा कम पारिश्रमिकमा काममा नलगाउन अस्पतालहरुलाई निर्देशन

नेपालखोज २०७८ जेठ २५ गते ६:५८

काठमाडौं । सरकारले स्वास्थ्यकर्मीहरुलाई तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कममा काममा नलगाउन अस्पतालहरुलाई निर्देशन दिएको छ । साथै सरकारले स्वास्थ्यकर्मीहरुलाई सामाजिक सुरुक्षा कोष अन्तरगत अनिवार्य समावेश गर्न आग्रह गरेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीहरुलाई न्यूनतम पारिश्रमिक भन्दा कममा काममा लगाएको र सामाजिक सुरक्षा कोषमा समेत सहभागी नगराइएको भन्ने गुनासो आइरहेको हुँदा त्यस्तो नगर्न अस्पतालहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया