शनिबार, जेठ ३२, २०८२

प्रदेशसभाबाटै मागे मुख्यमन्त्री भट्टले विश्वासको मत

नेपालखोज २०७८ जेठ २५ गते ११:२४

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत मागेका छन् ।

अहिले बसिरहेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री भट्टले सबै दलसँग विश्वासको मत मागेका हुन् ।

उनलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले पनि मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया