बिहीबार, मंसिर २७, २०८१

आज ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइँदै

नेपालखोज २०७८ जेठ २५ गते १३:२५

काठमाडौं । सरकारले आज (मंगलबार) देखि देशैभर खोप अभियान सञ्चालन गरेकाे छ । ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लक्षित गरी यो खोप अभियान सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

केही दिनअघि चीनले नेपाल सरकारलाई सहयोग स्वरुप दिएको १० लाख डोज खोप उपलब्ध गराएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले ६० देखि ६४ वर्षको उमेर समूहलाई लगाउने खोप देशैभरका केन्द्रमा पुगिसकेको बताए ।

६० देखि ६४ वर्ष उमेर समूहका करिब ८ लाख मध्ये ५ लाखले खोप लगाउने अनुमान गरिएको सह–प्रवक्ता अधिकारीले जानकारी दिए । आठ लाखमध्ये ३ लाख विभिन्न माध्यमले यसअघि कोभिशिल्ड खोप लगाइसकेको र भेरोसेल खोपको यसअघिको अभियानमा पनि लगाइसकेको हुँदा यो अभियानमा ५ लाख ज्येष्ठ नागरिकले खोप लगाउने स्पष्ट पारे ।

सह-प्रवक्ता अधिकारीले खोप लगाउन खोप केन्द्रमा जाँदा आफ्नो परिचयसहित उमेर खुल्ने कागजपत्र लैजानुपर्ने बताए । यस्तो परिचय खुल्ने कागजपत्र नभए सम्बन्धित वडाले सिफारिस गरेका आधारमा खोप लगाउन सकिने बताए ।

प्रतिक्रिया