शुक्रबार, जेठ ४, २०८१

स्वास्थ्यमन्त्रीले भने- सबैलाई काेराेनाविरुद्धकाे खाेप व्यवस्था गर्न प्रयत्नरत छाैं (भिडियोसहित)

नेपालखोज २०७८ जेठ २५ गते १३:४४

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सरकार सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताएका छन् ।

मंगलबार वाग्मती प्रदेश स्काउटअन्तर्गत गोकर्णेश्वर नगरपालिकाको स्थानीय स्काउट कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री तामाङले सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउन सरकारले प्रयास गरिरहेको बताए ।

खोप ल्याउने क्रम जारी रहेको भन्दै उनले उमेर समूहअनुसार क्रमशः खोप दिँदै जाने बताए । दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुको हकमा पनि छिटै खोप ल्याएर दिइने बताए ।

वाग्मती प्रदेश स्काउटले वाग्मती प्रदेशभित्रका जिल्लाहरुमा स्थानीय स्काउट कार्यक्रमअन्तर्गत कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम आजदेखि सुरुवात गरेको छ ।

कोभिड-१९ कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यको मापदन्ड अपनाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सूचना तथा जानकारीहरु बजाउँदै टोल-टोलमा मोटरसाइकलमार्फत सूचना जानकारी दिने अभियानका संयोजक सुदर्शन बजगाईंले जानकारी दिए ।

आगमी १५ दिनसम्म कार्यक्रम सञ्चालन गर्ने र प्रभावकारिता हेरेर थप गर्ने स्काउटले जनाएको छ ।

प्रतिक्रिया