शुक्रबार, वैशाख १४, २०८१

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि राष्ट्र बैंकले सहज बनायाे

नेपालखोज २०७८ जेठ २५ गते १४:५९

काठमाडाैं । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्र्याउनका लागि आफ्नो स्वीकृति नलिए पनि हुने जनाएकाे छ । राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ जारी गर्दै, वैदेशिक लगानी भित्र्याउनका लागि निवेदन दिएर स्वीकृति लिनुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य गरेको हो ।

लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट स्वीकृति प्राप्त गरेपछि विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिन अनिवार्य नहुने विनियमावलीमा उल्लेख छ । तर विदेशी लगानी स्वीकृत भएपछि विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुअघि लिखित जानकारी भने दिनुपर्ने छ ।

प्रतिक्रिया