शुक्रबार, जेठ ४, २०८१

चौबीस घण्टामा ६,५७० डिस्चार्ज, ५,१५३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७८ जेठ २५ गते १६:५२


काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ६ हजार ५७० जना कोरोना संक्रमित निको भएका छन् ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा नेपालमा थप पाँच हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२ हजार ६५ जना र एन्टिजेन विधिबाट ५ हजार ६११ जना गरी कुल ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे चाैबीस घण्टामा १०८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेनाकान कारणा मृत्यु हुनेकाे संख्या ८ हजार ९८ पुगेकाे छ ।

नेपालमा हालसम्म कुल काेराेना संक्रिमतकाे संख्या ५ लाख ९५ हजार ३६४ पुगेकाे छ । यसमध्ये ५ लाख ४ हजार ५३० संक्रमित निकाे भइसकेका छन् । हाल संक्रिय संक्रमितकाे संख्या ८२ हजार ७३६ रहेकाे छ ।

क्‍वारेन्टिनमा ७४७ छन् । अहिलेसम्म नेपालमा ३१ लाख ६७ हजार १२९ पीसीआर परीक्षण गरिएकाे स्वास्थ्य मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया