शनिबार, वैशाख १५, २०८१

डिशहोम र प्रभु टीभी गाभिने पक्का !

नेपालखोज २०७८ जेठ २५ गते १७:५०

काठमाडौं । डिशहोम र प्रभु टिभी एक आपसनमा गाभिने पक्का भएको छ । डाइरेक्ट टु दी होम (डीटीएच) तथा डिजिटल टेलिभिजन सेवा उपलब्ध गराउँदै आएका यी दुई कम्पनी मर्ज भई एउटै ब्राण्ड डिशहोमको रुपमा सेवा प्रदान गर्ने भएका हुन् ।

टेलिभिजन सेवा मात्रै नभएर दुवै कम्पनीले गत वर्षबाट इन्टरनेट सेवा पनि उपलब्ध गराउँदै आएका छन् । अब इन्टरनेट सेवा पनी एउटैमा गाभिएर डिशहोम इन्टरनेटको रुपमा सेवा उपलब्ध गराउने निर्णय भएको डिशहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यले बताएका छन् ।

आचार्यका अनुसार गाभिने निर्णय भइसकेको छ । त्यसका लागि कागजी प्रक्रियामात्रै बाँकी रहेको अहिलेको अवस्थामा सेवा माइग्रेसनको प्रक्रिया भने अघि बढिसकेको छ ।

उनका अनुसार टेलिभिजनतर्फ ग्राहकले सेवा माइग्रेसनको क्रममा डिशहोम, आईपीटीभी, केबल टिभी, टेरेस्टियलमा आधारित टिभी जुनसुकै छनोट गर्न सक्नेछन् । हाल प्रभुले आईपीटीभी र टेरेस्टियलमा आधारित टिभी सेवा उपलब्ध गराइरहेकाले ग्राहकले त्यही प्रयोग गर्छुभन्दा पनि पाउने आचार्यले बताए ।

यो मर्जरसँगै डिशहोमका टेलिभिजन ग्राहक संख्यामा थप १ लाख ५० हजार जोडिएका छन् भने, इन्टरनेटतर्फ १० हजार जोडिएका छन् ।

प्रतिक्रिया