प्रदेश १ : प्रदेशसभामा विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्त पेस
विराटनगर । प्रदेश नं १ सरकारले कोरोना महामारी नियन्त्रण र यसबाट भएको क्षति न्यूनीकरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउने तयारी गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ (लिम्बू) ले प्रदेशसभाको आजको बैठकमा बिनियोजन विधेयक २०७८/७९ को सिद्धान्त, उद्देश्य र प्राथमिकता सार्वजनिक गर्दै कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, उपचार, राहत, बेरोजगारी न्यूनीकरण, सुशासन र समृद्धिमूलक कार्यक्रमलाई बजेटका प्राथमिकतामा राखिएको बताए।
उनले वित्तीय सङ्घीयतालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने, वित्तीय अनुशासन कायम गराउने र दिगो विकासमा बजेट केन्द्रित रहने उल्लेख गर्दै विकासको गतिविधिलाई गतिशील बनाउने, प्रदेशमा आर्थिक विकास र समृद्धिको आधार खडा गर्ने तथा अर्थतन्त्रमा निजी क्षेत्रलाई पनि सहभागी गराउन प्रोत्साहन गरिने गरी बजेट ल्याउने बताए ।
प्रतिक्रिया