शुक्रबार, चैत १६, २०८०

चौबीस घण्टामा ५,७६८ डिस्चार्ज, ४,३४४ जनामा संक्रमण पुष्टि

नेपालखोज २०७८ जेठ २६ गते १६:५८


काठमाडाैं । नेपालमा पछिल्लो चाैबीस घण्टामा ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको  १२ हजार ७४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६८ एन्टिजेन परीक्षणमा ८९५ जना गरी ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो चाैबीस घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ७६८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

नेपालमा हाल ७४७ क्‍वारेन्टिनमा रहेका छन् । हालसम्म नेपालमा ३१ लाख ६७ हजार १२९ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया