बिहीबार, वैशाख १३, २०८१

यूईएफएले ६ क्लबलाई तोक्यो जरिवाना, प्रत्येकले ३३ लाख पाउन्ड तिर्नुपर्ने

नेपालखोज २०७८ जेठ २६ गते २०:२१

काठमाडौं । युरोपेली फुटबल महासंघ (यूईएफए) ले युरोपेली सुपर लिगको संस्थापक ६ वटा इंग्लिस क्लबलाई दुई करोड पाउन्ड अर्थात् ३ अर्ब ३० करोड रुपैयाँको जरिवाना गरेको छ ।

म्यानचेस्टर युनाइटेड, चेल्सी, लिभरपुल, आर्सनल, म्यानचेस्टर सिटी र टोटनहमले जरिवाना तिर्नुपर्ने भएको हो । यसमा संलग्न भएका ६ क्लबलाई प्रतिक्लब ३३ लाख पाउन्ड जरिवाना गरिएको हो । साथै यी ६ क्लबले भविष्यमा पनि यस्तो कार्य गर्ने प्रयास गरेका प्रत्येकलाई दुई करोड पाउन्ड जरिवाना लगाउने र ३० अंक काटिने चेतावनी दिइएको छ ।

युरोपियन सुपर लिग गत अप्रिलमा प्रस्ताव गरिएको थियो । तर प्रशंसकहरूको चर्को विरोधपछि क्लबहरू पछि हट्न बाध्य भएका थिए ।

प्रतिक्रिया