बिहीबार, वैशाख १३, २०८१

सुनकाे मूल्य घट्याे, आजकाे भाउ कति ?

नेपालखोज २०७८ जेठ २७ गते १०:५९

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेको हो ।

छापावाल सुन आज प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया