शुक्रबार, वैशाख १४, २०८१

श्रीलंकाका सबै नागरिकले २०२२ सम्ममा कोरोनाको खोप लगाइसक्ने

नेपालखोज २०७८ जेठ २७ गते १६:२९

कोलम्बो । श्रीलंकाले सन् २०२२ सम्ममा आफ्ना नागरिकलाई कोरोना (कोभिड-१९) विरुद्धको खोप लगाइसक्ने जनाएको छ । श्रीलंका सरकारले सोहीबमोजिम काम गरिरहेको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलंकाका सञ्चारमाध्यमहरुले यहाँको सेनाका एकजना कमान्डलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका हुन् ।

यहाँका सैनिक कमान्डर सवेन्दै सिल्भाले बुधबार एक कार्यक्रममा यहाँको सरकारले यसअनुसारको कामको तयारी गरिरहेको जानकारी दिएका हुन् । उनले श्रीलंकामा खोप लगाउने राष्ट्रिय कार्यक्रमको घोषणा गरिएको र देशव्यापी रुपमै खोप लगाउन थालिएको पनि उनले बताएका थिए ।

उनले यो सरकारको कार्यक्रम रहेको र यसलाई सघाउनु सबै नागरिकको कर्तव्य पनि भएको पनि जानकारी दिए । वास्तवमा कोभिडको महामारी भनेको सरकारको मात्र या कुनै स्वास्थ्यसम्बन्धी मुद्दा नभएर देशकै समस्या भएकाले सबैले एक भएर यसविरुद्ध काम गर्नुपर्ने पनि उनले बताए ।

श्रीलंका सरकारले आफ्ना नागरिकलाई आवश्यक पर्ने खोपको खोजी गरिरहको र आवश्यकताका आधारमा प्राप्त गर्ने आश्वासन पनि पाएको उनले बताए । उनले श्रीलंकाले अहिले कोरोनाको तेस्रो वेभको सामना गरिरहेको जानकारी पनि दिए । श्रीलंकामा कोभिड १९ का दुई लाखभन्दा बढी संक्रमित छन् ।

प्रतिक्रिया