कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
नेपालखोज
२०७८ जेठ २७ गते २१:२३

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमालेका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो । उनीहरु एमाले नेपाल-खना पक्षका सांसद हुन् ।
एमालेको केन्द्रीय समितिको निर्णयमा नभई महाधिवेशन आयोजक समितिको निर्णयका आधारमा स्पष्टीकरण नमागिएको र महाधिवेशन आयोजक कमिटी कारबाहीका लागि आधिकारिक नभएको आदेशमा उल्लेख छ ।
बैशाख ३ गते माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई पार्टी ह्वीप विपरीत विश्वासको मत दिएको भन्दै उनीहरुलाई एमालेले पदमुक्त गरेको थियो ।




सम्बन्धित
प्रतिक्रिया