बिहीबार, चैत १५, २०८०

चाैबीस घण्टामा ५,२२५ डिस्चार्ज, ३,७५० संक्रमित थपिए

नेपालखोज २०७८ जेठ २८ गते १७:०३

काठमाडाैं । पछिल्लाे चाैबीस घण्टामा ५ हजार २२५ काेराेना संक्रमित निकाे भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेही अवधीमा ३ हजार ७५० संक्रमति थपिएका छन् ।

१५ हजार १८२ जनाकाे परीक्षण गर्दा ३ हजार ७५० संक्रमण पुष्टि भएकाे हाे । यसमध्ये २ हजार ७०९ पीसीआर परीक्षणबाट र १ हजार ४१ एन्टीजेन विधिबाट काेराेना संक्रमण पुष्टि भएकाे हाे । चाैबीस घण्टामा देशभर ६७ जना संक्रमितकाे मृत्यु भएकाे छ । हालसम्म नेपालमा काेराेनाका कारण कूल ८ हजार ३०५ जनाकाे मृत्यु भएकाे छ ।

नेपालमा हालसम्म संक्रिय संक्रमितकाे संख्या ७५ हजार २७५ जना रहेका छन् । हालसम्म नेपालमा ६ लाख ४ हजर ३९६ जनामा संक्रमण पुष्टि भएकाे छ । यसमध्ये ५ लाख २० हजार ८१६ संक्रमित निकाे भइसकेका छन् । ५९४ क्वारिन्टिनमा रहेका छन् । हालसम्म नेपालमा ३१ लाख ९८ हजार ७०२ पीसीआर परीक्षण भएकाे छ ।

प्रतिक्रिया