बिहीबार, वैशाख १३, २०८१

प्रदेश १ सरकारको नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

नेपालखोज २०७८ जेठ २८ गते १७:३८

काठमाडाैं । प्रदेश नं १ सरकारको आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल सुरू भएको छ । प्रदेश सभाको आठौं तथा बजेट अधिवेशन अन्तर्गगत आजको बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरू भएको हो ।

आज बोलेका विपक्षी सांसदहरुले नीति कार्यक्रम जनता र जनप्रतिनिधिलाई ढाँट्ने दस्तावेज भएको टिप्पणी गरेका छन् । उनीहरुले प्रदेश सभा गठन भएको समयमा प्रदेशको आर्थिक वृद्धिदर सात दशमलव चार, त्यसपछि छ दलमलव छ र अहिले तीन दशमलव चार भएपछि कसरी प्रदेश समृद्ध हुन्छ भनी प्रश्न गरेका छन् ।

आकर्षक नारा राख्ने र त्यसलाई पूरा गर्न बजेटको व्यवस्था नहुँदा समस्या देखिएको उनीहरुको भनाइ छ । नीति तथा कार्यक्रममा कमिलादेखि हात्तीसम्मको गफ रहेको तर कार्यान्वयन गर्ने योजना र बजेट नदेखिएकाले सरकारलाई यर्थाथपरक बजेट ल्याउन सुझाएका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले सरकारको नीति तथा कार्यक्रम हिजो प्रदेश सभामा प्रस्तुत गरेका थिए । अर्को बैठक भोलि बिहान साढे ११ बस्ने छ ।

प्रतिक्रिया