शनिबार, वैशाख ८, २०८१

गण्डकी प्रदेशमा विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्रीका लागि दाबी पेस

नेपालखोज २०७८ जेठ २८ गते १८:५१

काठमाडाैं ।  गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न उनीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् ।

जसमा कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)सहितको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया