बिहीबार, वैशाख १३, २०८१

नेपाल र अस्ट्रेलियाबीचको खेल ‘किकअफ’

नेपालखोज २०७८ जेठ २८ गते २२:१७

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र एसियाली ‘पावर हाउस’ अस्ट्रेलिया बिचको खेल ‘किकअफ’ भएको छ।

कुवेतको ‘जबर अल अहमद अन्तराष्ट्रिय रंगशाला’मा नेपाल र ५ पटक विश्वकप फुटबल खेलिसकेको अस्ट्रेलिया बिचको खेल अहिले बेलुकी ९:४५ बजे शुरु भएको हो। सो खेलको लागि नेपालको शुरुवाती ११ मा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ५ परिवर्तन गरेका छन्।

अभिषेक रिजाल, अन्जन विष्ट, सन्तोष तामाङ, दिनेश राजवंशी र विकास खवासको स्थानमा नवयुग श्रेष्ठ, सुनिल बल, विशाल राई, एरिक विष्ट र गौतम श्रेष्ठले अस्ट्रेलियाविरुद्धको खेलमा शुरुवात गरेका छन्।

फिफा विश्वकप २०२२ को ढोका औपचारिक रूपमा बन्द भइसकेको हुँदा नेपालको ध्यान एसियन कप ‘प्लेअफ’मा रहेको छ। बलियो टोली अस्ट्रेलियाविरुद्ध नेपाल आफ्नो साविक ४-३-३ फर्मेशनमा फर्किएको छ।

प्रतिक्रिया