शुक्रबार, चैत १६, २०८०

शनिबारका दिन भगवान शनिदेवको पूजा गर्ने तरिका यस्तो छ

नेपालखोज २०७८ जेठ २९ गते ५:००

आज शनिबार, आजको दिन भगवान शनिदेवको पुजा गर्नु उत्तम मानिन्छ । कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले आजको दिन शनिदेवको पुजा गरिन्छ ।

यस दिन व्रतालुहरूले विशेषगरि कालो रङको वस्त्र लगाउनु अनिवार्य हुन्छ । भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने भक्तालुहरूको विश्वास रहेको छ । यसो गर्दा ग्रहमा भएको शनिदोष हटेर जान्छ भन्ने धार्मिक विश्वास छ ।

शनिबारको व्रत किन बसिन्छ ?
शनिबारको व्रत शनि ग्रहको अनिष्ट फलको परिशमन गर्न, शान्तिकामनका निम्ति तथा जीर्ण रोग, शत्रुभय, आर्थिक संकट एवं मानसिक सन्तापको निवारणका लागि लिइन्छ। धनधान्य वृद्धि एवं व्यापार वृद्धिको उद्देश्यले पनि यो व्रतको पालना गरिन्छ।

यो व्रत शूक्ल पक्षको जुनसुकै शनिबारबाट प्रारम्भ गर्न सकिन्छ। अझ श्रावण महिनाको शुक्ल पक्षको पहिलो शनिबारबाट सुरु गरेमा अझ राम्रो हुने विश्वाश छ। फलामबाट निर्मित शनि प्रतिमालाई पञ्चामृतले स्नान गराई घाम, अक्षता, फलफूल आदिले पूजा गरी ‘ॐ शनैश्चराय नमः’ यो मन्त्र ३ माला जप्ने गर्नुपर्छ। व्रतको दिन नीलो वस्त्र धारण गर्ने चलन छ।

एउटा भाँडामा शुद्ध पानीमा कालो तिल, ल्वाङ र दूध मिसाई पीपलको बोटमा पूर्व फर्केर उक्त मिश्रित जल ९पानी० चढाउनु पर्दछ। त्यसपछि भगवान भोलेनाथ महादेवको उपासना गर्नुपर्दछ।

यो व्रत जम्मा १९ वटा शनिबारसम्म लिने मान्यता छ। अन्तिम दिन कालो मास, तिल, फलामका सामान आदि काला पदार्थहरू दान गर्नुपर्छ। ब्राह्मण भोजन गराई तथा वस्त्र, दक्षिणा आदि प्रदान गरी ब्राह्मणलाई प्रसन्न तुल्याउनु पर्दछ ।

प्रतिक्रिया