शुक्रबार, वैशाख १४, २०८१

विश्वकप छनोट : नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

नेपालखोज २०७८ जेठ २९ गते ६:४६

काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । गएराति कुवेतको जाबेर अल अहमद मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित नेपाललाई अस्ट्रेलियाले ३–० गोलले सहजै हरायो ।

सुरुदेखि नै अस्ट्रेलियाको दबाबमा रहेको नेपालका रोहित चन्द ४५ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रहेको थियो । तर पनि पहिलो हाफमा दुई खोल खाएको नेपालले दोस्रो हाफमा जम्मा १ गोल मात्रै खायो ।

नेपालका गोलकिपर किरण चेम्जोङले अस्ट्रेलियाका एक दर्जनभन्दा धेरै प्रहारलाई रोकेका छन् । अपराजित रहेको अस्ट्रेलिया विश्वकप छनोटको अर्को चरणमा प्रवेश गरेको छ । नेपाल भने ८ खेलमा ६ अङ्कका साथ चौथो स्थानमा रह्यो । नेपाल विश्वकप तथा एसियनकप छनोटको अर्को चरणमा पुग्न असफल भएको छ।

प्रतिक्रिया