बिहीबार, वैशाख १३, २०८१

कर्णाली प्रदेशले नीति कार्यक्रम आज सार्वजनिक हुने

नेपालखोज २०७८ जेठ २९ गते १०:५०

सुर्खेत । कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।

आज दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

सरकारले ल्याएको प्रि–बजेटमाथि हिजो छलफल सकिएपछि नीति कार्यक्रम ल्याउन लागिएको हो । कोरोना रोकथाम तथा नियन्त्रण लाई सुदृढ पार्दै स्वास्थ्य क्षेत्र केन्द्रित र कर्णालीको गरिबी न्यूनीकरण गर्ने आधार सृजना गरिने खालको नीति तथा कार्यक्रम ल्याउन लागिएको प्रदेश सरकारले दाबी गरेको छ ।

प्रतिक्रिया