शनिबार, वैशाख १५, २०८१

राष्ट्रिय वाणिज्य बैंककाे ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता

नेपालखोज २०७८ जेठ २९ गते ११:४६


काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७८ जेठ २५ गते निष्काशन तथा बिक्री खुला गरिएको प्रति ऋणपत्र एक हजार अंकित दरको २५ लाख कित्ताले हुन आउने दुई अर्ब ५० करोडको ‘८.५० प्र्रतिशत आरबीबीएल डिबेन्चर २०८३’ ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता देखिएको छ ।

सोहीकारण छोटो समयमै मागभन्दा बढि रकमको लागि आवेदन प्राप्त भएको छ । निष्काशन गरिएको उक्त ऋणपत्र जेठ २८ गते बन्द भएको हो ।

लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता एवं अपार विश्वास देखाउनु भएकोमा सम्पूर्ण लगानीकर्ता प्रति हार्दिक आभार व्यक्त गर्दै प्राप्त निरन्तर सहयोग र सदभावले बैंकलाई अझ बढि नवीनतम् र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको विश्वास बैंकको रहेको छ ।

प्रतिक्रिया