बिहीबार, चैत १५, २०८०

जी सेभेन नेताहरूकाे घाेषणा : महामारी नदोहोरिने अवस्था बनाउन आफ्ना सबै स्रोतहरू प्रयोग गर्ने

नेपालखोज २०७८ जेठ २९ गते १२:०७

काठमाडाैं । धनी देशहरूको समूह जी-सेभेनका नेताहरूले कोभिड-१९ महामारीले ल्याएको जस्तो क्षति अब कहिल्यै नदोहोरिने सुनिश्चितता गर्न आफ्ना सबै स्रोतहरू प्रयोग गर्ने वाचा गर्न लागेका बीबीसीले जनाएकाे छ ।

कोर्न्वलमा भइरहेको जी-सेभेन सम्मेलनको दोस्रो दिन उनीहरूले एउटा घोषणापत्र जारी गर्नेछन् जसमा उक्त उद्देश्य हासिल गर्नका लागि चरणबद्ध उपायहरू हुनेछन्। शुक्रवार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले सम्मेलन सुरु गर्ने क्रममा विश्वव्यापी असमानतासँग जुझ्न आग्रह गरेका बीबीसीले जनाएको छ ।

उनले कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको अर्थतन्त्रसहितका क्षेत्रलाई थप बलियो बनाएर विकास गर्न विश्वका नेताहरुसँग अपिल पनि गरेका छन् । उनले सन् २००८ को आर्थिक मन्दीमा भएको गल्तीबाट पाठ सिकेर असमानता अन्त्यका लागि प्रयास गर्नु पर्ने बताए

तीन दिने सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसहित फ्रान्स, जर्मनी, इटली, जापान र क्यानडा तथा युरोपियन युनियनका नेता सहभागी भएका छन् ।

प्रतिक्रिया