शनिबार, वैशाख १५, २०८१

युरोकप फुटबलमा आज राति ३ खेल

नेपालखोज २०७८ जेठ २९ गते १६:२९

काठमाडाैं । युरोकप फुटबलमा आजराति तीन खेलहरु हुँदैछ । आज बेल्जियम, वेल्स, डेनमार्कलगाएतका देशले प्रतिस्पर्धा गर्न लागेका हुन् । आजराती पौने १ बजे हुने खेलमा समूह ‘बी’ को बेल्जियम र रुसबीच प्रतिस्पर्धा हुँदैछ ।

सोहि समूहका डेनमार्क र फिनल्याण्डबीच राति पौने १० बजे खेल सुरु हुनेछ । त्यसअघि आज हुने पहिलो खेलमा समूह ‘ए’ को वेल्स र स्विजरल्याण्डबीच साँझ पौने ७ बजे प्रतिस्पर्धा हुनेछ । यस समूहमा इटालीले टर्कीलाई ३-० ले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ ।

प्रतिक्रिया