शुक्रबार, वैशाख ७, २०८१

दिल्लीमा कोरोना संक्रमणदर ०.३० प्रतिशतमा झर्‍याे

नेपालखोज २०७८ जेठ २९ गते १९:४०

दिल्ली । भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमणका नयाँ संक्रमितको संख्यामा आज पनि कमि आएकोे छ । पछिल्लो २४ घण्टामा यहाँ २ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । भने चौबीस घण्टामा कोरोना संक्रमणका कारण जम्मा २८ जनाको मृत्यु भएको छ ।

यसका साथै दिल्लीमा कोरोना संक्रमणदर शून्य दशमलव ३० प्रतिशतमा झरेको छ । यसअघि शुक्रबार दिल्लीमा संक्रमणदर शून्य दशमलव ३१ प्रतिशत रहेको थियो भने एक दिनमा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । २४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । आज थपिएका नयाँ संक्रमितसंगै दिल्लीमा कोरोना संक्रमितको कुल संख्या १४ लाख ३० हजार ८८४ पुगेको छ ।

त्यस्तै चौबीस घण्टामा दिल्लीमा ४ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससंगै दिल्लीमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १४ लाख २ हजार ४७४ पुगेको छ । दिल्लीमा कोरोना संक्रमणका कारण हालसम्म २४ हजार जनाले ज्यान गुमाइसकेका छन् । दिल्लीमा मृत्युदर १ दशमलव ७३ प्रतिशत रहेको छ । हाल दिल्लीमा ३ हजार ६१० कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

कतिजनाको परीक्षण गरियो ?
दिल्लीमा बितेको चौबीस घण्टामा ७१ हजार ५३१ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा ५० हजार ७६६ जनाको आरटी पीसीआर परीक्षण र २० हजार ७४७ जनाको र्यापिड एन्टीजेन विधिबाट परीक्षण गरिएको छ । दिल्लीमा अहिलेसम्म कुल २ करोड १९ लाख ८०३ जनामा कोरोना परीक्षण गरिएको छ ।

यसअघि बिहीबार दिल्लीमा ३०५ जना कोरोनाका नयाँ संक्रमित फेला परेका थिए । जसमा ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । त्यसअघि बुधबार ३३७ जना कोरोनाका नयाँ संक्रमित फेला परेका थिए । ३६ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

मंगलबार ३१६ जनामा संक्रमण पुष्टि भएकोमा ४१ जनाको मृत्यु भएको थियो । सोमबार २३१ जनामा संक्रमण पुष्टि भएको थियो भने ३६ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । त्यसअघि आइतबार ३८१ जनामा संक्रमण पुष्टि भएकोमा ३४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया