बिहीबार, वैशाख ६, २०८१

गण्डकीका मुख्यमन्त्री पोखरेलसहित पाँच मन्त्रीले लिए शपथ

नेपालखोज २०७८ जेठ २९ गते २१:३२

काठमाडौं । गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित पाँच जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

शनिबार बेलुकी करिब साढे आठ बजे प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई आफ्नै निवासमा शपथ खुवाएकी हुन् । आजै नियुक्त भएका मुख्यमन्त्री पोखरेलले कांग्रेस, माओवादी, जनता समाजवादीका एक एक जना र स्वतन्त्र सांसद राजीव गुरुङलाई समेट्दै मन्त्रिपरिषद गठन गरेका हुन् ।

कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद गुरुङले विनाविभागीय मन्त्री पदको शपथ खाएका हुन् ।

पोखरेलले मुख्यमन्त्रीसहित अर्थ ऊर्जा जलस्रोत तथा खानेपानी, कानुन सञ्चार तथा प्रदेश सभा मामिला, पर्यटक उद्योग वाणिज्य तथा आपूर्ति, भूमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था, युवा तथा खेलकुद, वन वातावरण तथा भूसंरक्षण, शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा लिएका छन् ।

प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले शुक्रबार ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

प्रतिक्रिया