शनिबार, वैशाख ८, २०८१

यूपीमा मनसुन प्रवेश, मुम्बईमा आज र भोलि भिषण वर्षाको चेतावनी

नेपालखोज २०७८ जेठ ३० गते ९:४३

नयाँदिल्ली । मुलुकका धेरैजसो भागमा चर्को गर्मीबाट राहतको संकेत मिलेको छ । आईएमडीका अनुसार अबको पाँच दिनसम्म देशको कुनै पनि ठाउँमा लु (तातो हावा) चल्ने सम्भावना छैन ।

भारतीय मौसम विभागले यतिबेला देशका धेरै ठाउँमा राम्रो वर्षा भइरहेको जनाएको छ । दक्षिण पश्चिम मनसुन पनि पश्चिम बंगालको खाडीको बाँकी ठाउँतिर अघि बढिरहेको छ । यो ओडिसाको केही ठाउँमा, पश्चिम बंगालको धेरै भूभागहरूमा र झारखण्ड र बिहारको केही भागमा मनसुन पुगेको छ ।

यूपीमा मनसुन प्रवेश

उत्तर प्रदेशमा मनसुनको आगमनका लागि प्रतीक्षा समाप्त भएको छ । मौसम विभागले घोषणा गरेको छ कि मनसुन आज कुनै पनि समय यूपीको सिमानामा प्रवेश गर्नेछ । सुरुमा बिहारको सिमानामा पर्ने उत्तर प्रदेशका केही जिल्लाहरुमा वर्षा हुनेछ । यसको पहिलो प्रभाव बलिया, गाजीपुर, चन्दौली र सोनभद्रमा देख्न सकिन्छ । यस पछि दुईदेखि तीन दिनमा पूरै राज्यमा वर्षा हुनेछ ।

लखनऊमा मौसम विज्ञान विभागका निर्देशक जेपीले पछिल्लो अध्ययनका अनुसार मनसूनको आवागमन सामान्य रहेको र मनसुनका कारण आज पूर्वाञ्‍चलका धेरै जिल्लामा वर्षाका हुन सक्छ । मनसुन लखनऊ पुग्न दुईदेखि तीन दिन लाग्न सक्छ ।

यसैबीच, मौसम विभागले भोलि उत्तराखण्डमा वर्षाको सम्भावना रहेको बताएको छ । विभागले आज पहाडी क्षेत्रहरूमा भिषण वर्षाको चेतावनी दिइएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार पिथौरागढ, बागेश्वर, नैनीताल, पौडी साथै मैदानहरूमा भारी वर्षा हुन सक्ने आकलन गरिएको छ ।

आज मुम्बईमा भारी वर्षाको चेतावनी

मौसम विभागले मुम्बई र वरपरका क्षेत्रमा धेरै ठूलो वर्षाको सूचना जारी गरेको छ । महाराष्ट्रको रत्नागिरि र रायगड जिल्लामा आज राति भारी वर्षाको ’रेड अलर्ट’ जारी गरिएको छ । आइएमडीको क्षेत्रीय मौसम विभागका अनुसार, मुम्बई, ठाणे, रायगड र रत्नागिरि जिल्लाहरूमा पनि आजै ठूलो वर्षा हुन सक्ने अनुमान छ ।

आज र भोलि दुई दिनको अवधिमा मुम्बई सहर र उपनगरी भागहरूमा भारी वर्षाको धेरै सम्भावना छ । यस्तो अवस्थामा बीएमसीको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई समुद्र तटबाट टाढा रहन निर्देशन दिएको छ ।

मनसुनले तीन दिन प्रभाव पार्ने

मनसुन आगामी तीन दिनसम्म राजधानीमा प्रभाव पार्न सक्ने देखिएको छ । जो निर्धारित समयभन्दा १२ दिन अगाडि छ । मौसम विभागका प्रमुख कुलदीप श्रीवास्तवका अनुसार सन् २००८ को सुरुमा पनि दिल्लीमा मनसुनको प्रभाव जुन १५ मा रेकर्ड गरिएको थियो । यस पटक मनसुनको आगमनको समय जुन २७ को आसपास हुने विश्वास गरिएको थियो तर दक्षिण पश्चिम मनसुनको कारण १२ दिन अगाडि आएको हो ।

प्रतिक्रिया