१५ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १५ अर्ब रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति असार एक गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको नौ अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाको रहेको छ ।
सोमध्ये ९१ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ भदौ २९ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७९ साल जेठ ३१ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार ९१ दिने अवधिको नौ अर्ब रुपैयाँको ट्रेजरी अन्र्तगत भने पुरानो नविकरण अन्र्तगतको चार अर्ब र नयाँ पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ । यसअघि यही जेठ २४ गते पनि राष्ट्र बैंकले २४ अर्ब ४९ करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।
प्रतिक्रिया