बिहीबार, वैशाख १३, २०८१

प्रदेश १ को नीति तथा कार्यक्रम पारित

नेपालखोज २०७८ जेठ ३० गते १७:०३

काठमाडाैं । प्रदेश नम्बर १ को प्रदेश सभा बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको प्रदेश सभा बैठकमा उपसभामुख सरस्वती पोखरेलले आगामि आर्थीक बर्ष २०७८/०७९ को नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्दै नीति कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेकी हुन् ।

नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि मुख्यमन्त्री शेरधन राईले प्रस्ताव पारित गरियोस् भनि सभामा प्रस्तुत गरेका थिए । प्रदेश सभा नियमावली २०७४ को नियम ३८, ३ बमोजिम मुख्यमन्त्री राईले उक्त प्रस्ताव टेबुल गरेका थिए ।

त्यसअघि नीति कार्यक्रममाथि सांसदहरुले राखेका धारणामाथि मुख्यमन्त्री राईले जवाफ दिएका थिए । यससँगै प्रदेश सभाको अर्को बैठक असार १ गते मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया