४४ जिल्लामा संक्रिय संक्रमितको संख्या ५ भन्दा बढी
नेपालखोज
२०७८ जेठ ३० गते १७:२८
काठमाडौं । नेपालका ४४ जिल्लाहरुमा संक्रिय संक्रमितको संख्या ५ भन्दा बढी रहेको छ । जसमा सबैभन्दा बढी काठमाडौंमा १२ दशमलव ६ प्रतिशत रहेको छ भने ललितपुरमा ५ दशमलव ३ प्रतिशत, रुपन्देहीमा ३ दशमलव ९ प्रतिशत, मोरङमा ३ दशमलव ८ प्रतिशत, भक्तपुरमा ३ दशमलव ७ प्रतिशत, कैलालीमा ३ दशमलव २ प्रतिशत, धनुषामा २ दशमलव ८ प्रतिशत, दाङमा २ दशमलव ८ प्रतिशत, सिन्धुपाल्चोकमा २ दशमलव ७ प्रतिशत, झापामा २ दशमलव ७ प्रतिशत रहेका छन् ।
दुई सातामा यी जिल्लामा संक्रमित बढे
पछिल्ला १४ दिनमा देशका केही जिल्लाहरुमा कोरोना संक्रमितको संख्या अन्य जिल्लाको तुलनामा बढेको छ । प्रदेश १ का उदयपुर, पाँचथर र तेह्रथुम, गण्डकी प्रदेशमा नवलपरासी पूर्व, लुम्बिनी प्रदेशमा रोल्पा, कर्णाली प्रदेशमा हुम्ला, जुम्ला, रुकुम पश्चिम, दैलेख र सुदूरपश्चिम प्रदेशका डोटी जिल्लामा संक्रमित बढेका छन् ।
सम्बन्धित
प्रतिक्रिया