बिहीबार, वैशाख ६, २०८१

कर्णाली प्रदेशसभाको बैठक पुनः स्थगित

नेपालखोज २०७८ जेठ ३० गते १७:३३

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा सांसदहरुले प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रम नसकिएपछि बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।

सभामुख राजबहादुर शाहीले आजको प्रदेश सभा बैठकमा छलफल नसकिएकाले थप छलफल भोलि हुने जानकारी गराएका हुन् । भोलि छलफल सकिएपछि आगामि आर्थीक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्ने तयारी छ । नीति कार्यक्रम पारित गरेर असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया