बुधबार, वैशाख १२, २०८१

जसपाको दुवै पक्षको कारबाही निर्वाचन आयोगद्वारा खारेज

नेपालखोज २०७८ जेठ ३० गते २१:०४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुबै अध्यक्षले एक अर्कालाइ गरेको कारवाही खारेज गरेको छ । आयोगले दुबै अध्यक्षको कारवाही गरिपाउँ भनि निवेदन गरेको व्यहोरा कानुनसम्मत् नभएको भन्दै पार्टीलाई पूरानै अवस्थामा राख्न निर्देशन दिएको हो ।

आयोग पदाधिकारीको आइतबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम प्रकृया पूरा नभएको भन्दै एक अर्काले गरेको कारवाहीलाई अमान्य ठहर गरेको हो ।

एकजना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ वमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानून र दलको विधानसम्मत मान्न मिलेन आयोगले आफ्नो फैसलामा भनेको छ । पार्टीभित्र पदाधिकारी हेरफेर भएको नभई दुईपक्षीय विवाद देखिएको निर्वाचन आयोगको ठहर छ ।

प्रतिक्रिया