बिहीबार, चैत १५, २०८०

भगवान् शिवलाई के मन पर्छ ? यी हुन् उनलाई चढाउने फूल !

नेपालखोज २०७८ जेठ ३१ गते ५:००

भगवान् शिवको पूजा आराधना गर्ने राम्रो दिन सोमबारलाई मानिन्छ । हिन्दु धर्मावलम्बीले साताका सात दिनलाई नै हरेक भगवान्‌को नाम दिएका छन् । यस्तै सोमबार पनि एक हो । सोमबार भगवान् शिवको पूजा आराधना गर्दा जे चितायो उही पुग्छ भन्ने मान्यता पनि छ ।

यस दिन गरेको पूजा आराधनाले शिव भगवान् खुसी हुने र मागेको वर दिने भन्ने विश्वास रहँदै आएको छ । ‘ओम नमः शिवाय’ शिव भगवान्‌लाई खुसी पार्न जपिने मन्त्र हो ।

अविवाहित स्त्रीले राम्रो बर पाउन पनि भगवान शिवको पूजा आराधना गर्ने गर्छन् । विवाहित स्त्रीले आफ्नो परिवारमा सुख, शान्ति र पतिको दीर्घायूका लागि शिव भगवान्‌को पूजा गर्छन् । शास्त्रमा लेखिएअनुसार, शिव एकदमै शान्त स्वभावका देवता हुन् । उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ । उनलाई क्रोध एकदम कम र ढिला आउने तर उनको क्रोधलाई कसैले पनि सामना गर्न नसक्ने बताइन्छ । त्यसैले तपाई शिवजीको पूजा आराधना गर्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुपर्छ ।

भगवान् शिवलाई के मन पर्छ ?
शिव भगवान्‌को जीवन सिद्धान्त एकदमै साधारण छ । जो मानिस बढी महत्त्वाकांक्षी हुन्छ, जसले आफ्नो इच्छा र चाहनाको धरातलभन्दा गहिरिएर बुझ्न सक्दैन त्यो मानिसले सुखानुभूत गर्न सक्दैन । शिवजीले सबैभन्दा बढी मन पराउने वस्तुहरू भनेको पहेँलो वस्त्र, गाँजा, भाङ, धतुरो, चिसो गाईको दूध, श्रीखण्ड बाघको छाला र खरानी हुन् । त्यसैले यी कुराहरू चढाउँदा, शिवजी अत्यन्त खुसी हुन्छन् । उनलाई विशेष गरेर बेलपत्र पनि चढाइन्छ ।

भगवानलाई चढाउन हुने फूलहरू

१. शमीको पात : शमीको पातहरूलाई धर्मशास्त्रमा धेरै शुभ मानिन्छ । यो विश्वास रहेको छ कि शमी को पात शिवजीलाई मात्रै होइन गणेशका लागि पनि चढाउने गरिन्छ । साउन महिनामा शमीको पातहरू भगवान् शिवलाई लिएर, जीवनमा सबै समस्याको अन्त्य हुने धार्मिक विश्वास छ ।

२. अपामार्ग पात : खुसी र सन्तान प्राप्तिका लागि भगवान् शिवलाई अपमार्गको पात पनि चढाउन सकिन्छ । अपामार्गको पातबाट शिव उपासना प्राप्त गर्दा मानिसले खुसी र उद्धार पाउँछ ।

३. पिपल पात : यदि साउनको साँझ शिवाजीको पूजा गर्न बैलपत्र छैन भने पिपलको पात चढाएर पनि भगवान् शिवको पूजा गर्न सकिन्छ । यसो गर्दा भगवान् शिव प्रशन्न हुनुहुनेछ ।

४. धतुरो : धतुरो विशेष रूपमा भगवान् शिवलाई मनपर्ने चिजहरूमा पर्छ । यदि बेलपत्र छैन भने धतुरोले उपासना गर्न सकिन्छ । साउन महिनाको सोमबारमा धतुरो विशेष मानिन्छ ।

५. भाङ : साउन महिनामा भगवान शिवलाई भाङ चढाउन सकिन्छ । भाङले बेलपत्रको कमीलाई पूरा गर्छ । साउनमा भगवान् शिवको प्रसादका रूपमा भाङलाई लिने गरिन्छ ।

६. दूबो : यदि भगवान् शिवसँग लामो आयुको कामना गर्ने हो भने दूबोले पनि पूजा गर्न सकिन्छ । यसका लागि शिवलिंगमा दूबो चढाउनुपर्छ । पुराणअनुसार, दूबो अमृत हो यसलाई भगवान् गणेशको जस्तै शिवको पनि एकदमै मन पर्छ ।

७. बाँस : भगवान् शिवलाई बाँसको पातले पनि पूजा गर्न सकिन्छ । जसले सन्तान आनन्द चाहन्छन्, शिवलाई बाँसको पातहरूले पूजा गर्न सकिन्छ । बाँसको पातहरू पिसेर शिवलिंगमा लगाउने र यसको उपासना गरे खुसी र समृद्धि प्राप्त हुनेछ ।

८. आँक : शिव पुराणका अनुसार, आँक भगवान शिवको प्रिय फूल हो । भगवान् शिवलाई आँकका फूलहरू र पातहरू दुवै मन पर्छ । मानिन्छ कि यसले समयमै मृत्युको विरुद्धमा रक्षा गर्छ ।

भगवान् शिवलाई यी पाँच वस्तु कहिल्यै चढाउनु हुँदैन ।

बेसार : शिवपुराणमा उल्लेख गरिएअनुसार बेसार शिवजीलाई चढाउनु हुँदैन ।

चुवाको फूल : विभिन्न ठाउँअनुसार फरक-फरक नाम भएको चुवा फूल पनि चढाउन हुँदेन ।

तुलसी : शिवपुराणमा उल्लेख गरिएअनुसार भगवान् शिवलाई पूजाआजा गर्दा पनि यो पत्र चढाउनु हुँदैन भनिएको छ ।

नरिवलको पानी : शिवपुराणमा उल्लेख गरिएअनुसार शिवजीलाई चढाउन नहुने पवित्र वस्तुहरूमध्ये नरिवलको पानी पनि एक हो । शिवजीलाई सिंगो नरिवल चढाउन हुन्छ तर फुटाएर पानी चढाउनु हुँदैन । यस्तो गरे शिवजी रिसाउने र अनिष्ट हुने शिवपुराणमा लेखिएको छ ।

सिन्दूर : विवाहित महिलाहरूको लागि सिन्दूर एकदमै महत्त्वपूर्ण र पवित्र मानिने गरिन्छ। तर शिवपुराणमा उल्लेख गरिएअनुसार सिन्दूर पनि शिवजीलाई चढाउनु हुँदैन ।

प्रतिक्रिया