शनिबार, वैशाख १५, २०८१

आज रातिदेखि थपिएको काठमाडौं उपत्यकाकाे निषेधाज्ञामा के-के खाेल्न पाइन्छ ?

नेपालखोज २०७८ जेठ ३१ गते ७:४९

काठमाडौं । उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञाका आज रातिबाट लागु हुँदै छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।

पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । खाद्यान्न, तरकारी तथा फलफूलको पसल खोल्ने अवधि दुई घण्टा थपेर बिहान ११ बजेसम्मका लागि पु¥याइएको छ । यसअघि खाद्यान्न पसल बिहान ९ बजेसम्म मात्रै खोल्न दिइन्थ्यो । हार्डवेयर पसल दिउँसो ४ बजेदेखि खुल्ने छ । कृषि कार्यका लागि अनुमति दिने र बचत तथा ऋण सहकारी संस्था पनि खुलाउन पाइने भएको छ । होटेलले टेक वे गरी सञ्चालन गर्न पाउने भएका छन् ।

बिमा समिति, बिमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन् । विवाह, व्रतबन्ध लगायतका कार्यक्रम बढीमा सात जना सहभागी भएर घर वा आफू बसेकै ठाउँमा गर्न पाइने छ । जसको लागि एउटा गाडी प्रयोग गर्न पाइने छ । निजी तथा सार्वजनिक यातायात असार ७ गतेसम्मकै लागि बन्द रहनेछन् ।

विकास निर्माणजन्य सामग्रीहरु छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवेयर लगायतका पसल दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिने भएको छ । यस्तै राति नौ बजेदेखि बिहान ५ बजेसम्म निर्माणजन्य सामग्री ढुवानी गर्न पाइने भएको छ । औषधि लगायतका मेडिकलजन्य अत्यावश्यक सेवाका पसलहरु यसअघि झै खोल्न पाइने छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडाैंबाट जारी निषेधाज्ञाकाे सूचना हेर्न यहाँ क्लीक गर्नुहाेस

प्रतिक्रिया