बुधबार, वैशाख २६, २०८१

नेप्से तीन हजार अंकको कीर्तिमान विन्दुमा, ४२ अंकले बढ्दा १८ अर्ब बढीको सेयर किनबेच

नेपालखोज २०७८ जेठ ३१ गते १५:३९

काठमाडौं । नेप्से हालसम्मकै उच्च अंकमा पुुगेको छ । अघिल्लो दिन ३८ दशमलव ३२१ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार पुन ४२ दशमलव ७२ अंकले बढेर तीन हजार २५ दशमलव ८३ अंकमा पुगेको छ ।

नेप्सेले आज कायम गरेको बिन्दू हालसम्मकै उच्च हो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ६० अंकले बढेर पाँच सय ५० दशमलव दुई अंकमा पुगेको छ । दुई सय २१ वटा कम्पनीहरुको एक लाख ७५ हजार चार सय ११ पटकको कारोबारमा तीन करोड ५० लाख २७ हजार तीन सय ६३ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम १८ अर्ब ८८ करोड ८४ लाख ३१ हजार पाँच सय १८ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोबार भएकोमा सात वटा समुहको सूचक बढेका छन् भने छ वटा समूहको सूचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक ५६ दशमलव ४१ अंकले घटेर पाँच हजार ४३ दशमलव ४८ अंकमा झरेकोमा लघुवित्त समूहको सूचक पनि २५ दशमलव ५६ अंकले घटेर पाँच हजार तीन सय ५० दशमलव ९० अंकमा झरेको छ ।

यसैगरी जलविद्युत, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् । जीवन बीमा समूहको सूचक भने आज ८१ दशमलव २१ अंकले बढेर १८ हजार छ सय ५७ दशमलव ६६ अंकमा चढेकोमा निर्जिवन बीमा समूहको सूचक पनि तीन सय सात दशमलव ६८ अंकले बढेर १५ हजार चार सय ८६ दशमलव ३३ अंकमा चढेको छ । यि बाहेक फाईनान्स, होटल तथा पर्यटन, लगानी र उत्पादनुलक समूहहरुको सूचक पनि बढेका छन् ।

आज नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ११ सय ४४ रुपैयाँमा कारोबार भएको हुंदा माउन्टेन हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने पाँच दशमलव एक प्रतिशतले घटेर तीन सय ९८ रुपैयाँमा कारोबार भएको छ । आज अरुण भ्याली हाईड्रो पावर कम्पनीको भने प्रतिकित्ता पाँच सय ४७ रुपैयाँ अन्तिम मूल्यमा ६२ करोड ५९ लाख ९३ हजार नौ सय १७ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया