बिहीबार, चैत १५, २०८०

युरो कपमा आज ३ खेल हुँदै

नेपालखोज २०७८ जेठ ३१ गते १६:११

काठमाडौं । यूरोपका विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको यूरो कप २०२० फुटबल अन्तर्गत आज सोमबार तीन खेलहरु हुँदैछ ।

यूरो कपमा आज समूह ‘डी’ को एक खेल र समूह ‘ई’ का दुई खेलहरु हुनेछन् । सोमबार हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ को स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल साँझ ६:४५ बजे प्रारम्भ हुनेछ । घरेलु मैदानमा स्कटल्याण्ड जीत निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ ।

तर, बलियो टिम चेक रिपब्लिकविरुद्ध जित निकाल्न स्कटल्याण्डलाई सहज भने हुने छैन । चेक रिपब्लिक पनि जीत निकाल्ने योजनामा हुनेछ । आजै हुने दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया भिड्ने छन् ।

समूह ‘ई’ मा रहेका पोल्याण्ड र स्लोभाकियाबीचको खेल राति ९:४५ बजे प्रारम्भ हुनेछ । आज दुबै टिम जीत निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन् । आज हुने तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । युरोपियन फुटबलमा दुई पावरहाउस टोलिबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

समूह ‘ई’ मा रहेका स्पेन र स्विडेनबीचको खेल सेभियामा हुनेछ । घरेलु मैदानमा स्पेन जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । स्विडेन पनि पहिलो खेलमा घरेलु टोलीलाई स्तब्ध बनाउन चाहन्छ । स्पेन यूरो कपकै सर्वाधिक सफल टिम हो । स्पेनले तीन पटक उपाधि जितिसकेको छ । स्पेन यस पटक पनि आफ्नो गर्विलो इतिहास कायम राख्न चाहन्छ ।

प्रतिक्रिया