बिहीबार, चैत १५, २०८०

चौबीस घण्टामा ५ हजार १४७ जना डिस्चार्ज, २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७८ जेठ ३१ गते १६:५१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो संग नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ८७ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै, चौबीच घण्टामा २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिगत २४ घण्टामा ९ हजार ४३८ जनाको पीसीआर विधि र ५ हजार ३८१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुल २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख १ हजार ५२१ जना र एन्टिजेन विधिबाट २१ हजार ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ५३ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ४६५ पुगेको छ ।

प्रतिक्रिया