शुक्रबार, वैशाख ७, २०८१

कुुल वस्तुु आयातसँगै निर्यात पनि बढ्यो, १० महिनाामा ११ खर्ब ४५ अर्ब ६३ करोडको व्यापार घाटा

नेपालखोज २०७८ जेठ ३१ गते १७:४०



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी पछिल्लो १० महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार निर्यात बढेर एक खर्ब नाघेको भपनि सो अवधिमा आयात पनि उच्चरुपमा बढ्दा वैदेशिक व्यापार घाटा पनि बढेको देखिएको छ ।

प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको १० महिनामा कुल वस्तु आयात २२ दशमलव तीन प्रतिशतले वृद्धिभई १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधीमा यस्तो आयात १३ प्रतिशतले घटेको थियो ।

चालुु आवको दश महिनामा कुल वस्तु व्यापार घाटा २१ दशमलव पाँच प्रतिशतले वृद्धिभई ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४ दशमलव दुई प्रतिशतले घटेको थियो ।

प्रतिवेदन अनुसार चालु आवको १० महिनामा कुल वस्तु निर्यात ३२ दशमलव दुई प्रतिशतले वृद्धि भई एक खर्ब आठ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात चार दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ३५ दशमलव आठ प्रतिशत र २५ दमसलव तीन प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ को निर्यातमा १८ दशमलव चार प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९ दशमलव आठ प्रतिशत, १७ दशमलव दुई प्रतिशत र छ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दशमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७८ बैशाख महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक शुन्य दशमलव ४७ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक सात दशमलव एक प्रतिशतले बढेको छ ।

२०७७ बैशाख महिनामा एक दशमलव तीन प्रतिशतले बढेको व्यापारको शर्त २०७८ बैशाख महिनामा दुई दशमलव तीन प्रतिशतले घटेको छ । समीक्षा अवधिमा खुद सेवा आय ५४ अर्ब ७१ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ७८ करोड ८२ लाखले बचतमा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८९ दसमलव दुई प्रतिशतले कमी आई छ अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५७ अर्ब ५७ करोड रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४२ दमसलव तीन प्रतिशतले कमी आई २९ अर्ब ४९ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय २२ अर्ब ५१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५१ अर्ब ७ करोड रहेकोमा शिक्षातर्फको व्यय २४ अर्ब ८२ करोेड रहेको थियो ।

प्रतिक्रिया