बुधबार, वैशाख १२, २०८१

सुदूरपश्चिममा ओली पक्षका सात जना प्रदेशसभा सदस्यलाई निलम्बन

नेपालखोज २०७८ जेठ ३१ गते २०:५५

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एमाले नेता माधव नेपाल पक्षले अध्यक्ष केपी ओली पक्षका सात जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ ।

नेपाल समूहको बहुमत भएको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको आरोप लगाउँदै ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो ।

संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो । तर ओली पक्षका सांसद लिलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठानसिंह बोहरा, ग्याल्बु बोहरा, माया तामाङ र बलदेव रेग्मीले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए ।

यस्तै उनीहरुले संसदीय दलको ह्वीप विपरीत सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेका थिए । सोमबार बसेको दलको बैठकले उनीहरुमध्ये केहीलाई ७ र केहीलाई १० दिनका लागि निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।

प्रतिक्रिया