मंगलबार, वैशाख ११, २०८१

कर्णाली प्रदेश : नीति कार्यक्रम पारित गर्नै मुस्किल

नेपालखोज २०७८ असार १ गते ९:३४

सुुर्खेत । कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ । हिजो प्रदेश सरकारको नीति कार्यक्रम पारित गरी नयाँ बजेट पेश गर्नका लागि आज दिउँँसो एक बजे बैठक बोलाइएको हो ।

हिजोको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । तर सर्वोच्च अदालतले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदलाई पुनःबहाली अन्तरिम आदेश दिएपछि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दुुवै सकसमा छन् ।

अदालतको पत्रअनुसार सभामुख राजबहादुर शाहीले सोमबारको बैठकमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने घोषणा गरेका थिए ।

सांसदहरुले छलफलमाा भाग लिएलगत्तैै हिजो पारित गर्ने कार्यसुची भए पनि दलीय सहमतिअनुसार बैठक स्थगन गरेको सभामुख शाहीले बताएका थिए । नीति तथा कार्र्यक्रममाथिकोे छलफल सकिए पनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन गरिएको थियो ।

असार १ गते नयाँ बजेट ल्याउनुपर्ने सबै प्रदेश सरकारलार्ई संंवैधानिक बाध्यता छ ।

प्रतिक्रिया