बूढानीलकण्ठमा रहेको सिलाइ उद्योगमा आगलागी, करोड बढीको क्षति
नेपालखोज
२०७८ असार १ गते १२:४३

काठमाडौं । काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी घर भएका ४३ वर्षीय चन्द्र कटुवालको जानकी सिलाई उद्योगमा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा उद्योग रहेको टहरो, ३० थान कपडा सिलाउने मेशिन, १ थान जेनेरेटर, ३ थान ग्याँस सिलिन्डर र स्टक कपडा समेत जलेर करिव १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया