मंगलबार, वैशाख ११, २०८१

गण्डकी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

नेपालखोज २०७८ असार १ गते १४:२५

कास्की । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभामा सोमबार प्रस्तुत नीति तथा कार्यक्रम प्रतिनिधिमूलक रुपमा छलफल गरी मंगलबार पारित गरिएको हो ।

प्रतिपक्षका सांसदहरूले पहिलाका नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढ्न सरकारलाई सुझाव दिएका थिए । सत्ता पक्षका सांसदहरूले सरकार गठन भएको छोटो अवधिमा बनाइएको नीति तथा कार्यक्रममा धेरै विषय समेट्न खोजे पनि कतिपय छुटेकामा बजेटमा समावेश गरेर जाने बताए ।

सांसदले उठाएका प्रश्नमाथि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएका थिए । उनले सरकार निर्माणका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए ।

प्रतिक्रिया