शुक्रबार, वैशाख ७, २०८१

कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम बहुमतले पारित

नेपालखोज २०७८ असार १ गते १५:३८

काठमाडाैं । कर्णाली प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सर्वोच्च अदालतको आदेशले पुनर्बहाली भएका सांसदहरूले पार्टीको ह्विप उल्लङ्घन गरेसँगै नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको भए पनि एमालेका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले पार्टीको ह्विप उल्लङ्घन गरेका हुन् ।  

प्रतिक्रिया