मंगलबार, वैशाख ११, २०८१

चाैबीस घण्टामा ४,१८७ डिस्चार्ज, २,७४५ जना संक्रमित थपिए

नेपालखोज २०७८ असार १ गते १७:२५

काठमाडाैं । पछिल्लाे चाैबीस घण्टामा ४ हजार १८७ जना डिस्चार्ज भएका छन् भने २,७४५ जना संक्रमित थपिएका छन् । साेही अवधीमा ४१ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

१३ हजार २९० जनामा परीक्षण गर्दा २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ६८१ पीसीआर र १ हजार ६४ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ । हाल नेपालमा संक्रिय संक्रमितको संख्या ६३ हजार २५७ जना रहेका छन् । नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख १२ हजार २०२ पुगेको छ ।

प्रतिक्रिया