शुक्रबार, वैशाख १४, २०८१

ललितपुरमा स्मार्ट सडक बत्ती जडान गरिने, भयो त्रिपक्षीय सम्झौता (भिडियो)

नेपालखोज २०७८ असार १ गते १७:५५


ललितपुर । ललितपुर महानगरपालिकाभित्रको बालकुमारी-बल्खु सडकखण्डमा स्मार्ट बत्ती जडानका लागि त्रिपक्षीय सम्झौता भएको छ । ललितपुर महानगरपालिकाभित्र पर्ने बालकुमारी-बल्खु खण्डमा बत्ती जडानका लागि ललितपुर महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच मंगलबार त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

स्मार्ट सडक बत्ती जडानका लागि प्रारम्भिक लागत करिब १७ करोड ३६ लाख रुपैयाँ रहेकामा ललितपुर महानगरपालिकाले कुल लागतको ६० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत र ललितपुर महानगरपालिकाले बेहोर्ने ६० प्रतिशत रकममध्येबाट सडक विभागले ३ करोड रुपैयाँ बेहोर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।

सडक बत्तीलाई सर्भर रुमबाट नियन्त्रण गरिने र सडक बत्ती बालेबापतको शुल्क ललितपुर महानगरपालिकाले तिर्ने बताइएको छ । प्रमुख महर्जनले सहरलाई उज्यालो बनाउनुका साथै रातको समयमा हुने दुर्घटनालाई रोक्नको लागि पनि सडकमा बत्ति जोड्न लागिएको बताए ।

उनले महानगरपालिकाभित्रका रिङरोड बाहिरका बस्तीहरु खोकना, बुङमती, हरिसिद्धि, सुनाकोठी, धापाखेलमा पनि स्मार्ट सडक बत्ती जडान गर्नका लागि टेन्डर प्रकाशित भइसकेको जानकारी पनि दिए ।

प्रतिक्रिया