शुक्रबार, चैत १६, २०८०

मेलम्चीमा बाढीको वितण्डा : ५० जना बेपत्ता, बस्ती डुबानमा (हेर्नुहोस् १२ तस्बिर)

रुपेश चौलागाईं २०७८ असार २ गते ७:३७

काठमाडौं । मेलम्ची र इन्द्रावती नदीमा आएको भिषण बाढीले थप ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । त्यहाँ हिजो पनि सातजना बेपत्ता भएका थिए ।

लगातारको वर्षापछि आएको बाढीले मेलम्ची खानेपानी ड्याम जगाउनुुका साथै तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार डुबानमा परेको छ ।

यसैगरी नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल बगाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अर्बौंको क्षति पुर्‍याएको छ ।

तस्बिरहरु : मेनुका दुलाल

रुपेश चौलागाईं

चौलागाईं नेपालखोजका संवाददाता हुन् ।

प्रतिक्रिया