बिहीबार, वैशाख २०, २०८१

जाजरकोटमा सदरमुकामबाहिर फोन सेवा अवरुद्ध

नेपालखोज २०७८ असार ४ गते ७:३९

जाजरकोट । सदरमुकाम खलङ्गादेखि बाहिर टेलिफोन सेवा अवरुद्ध भएको छ ।

सौर्य ऊर्जा प्रणालीले काम नगर्दा फोन सेवा अवरुद्ध भएको हो । सदरमुकामदेखि बाहिरका सबै टावर सौर्य उपकरणको भरमा सञ्चलन हुँदै आएका कारण लगातारको वर्षाले चार्ज नहुँदा टावर बन्द भएको नेपाल टेलिकम जाजरकोटले जनाएको छ ।

स्थानीय सडकसमेत अवरुद्ध भएको छ । जुनिचाँदे गाउँपालिकामा सबै सडक अवरुद्ध भएको गाउँपालिकाका कावाध्यक्ष शिवा आचार्यले जानकारी दिए ।

प्रतिक्रिया