शनिबार, जेठ ५, २०८१

चितवन चेम्बरले भन्यो- तुरुन्तै कर तिर्न सक्दैनौं

नेपालखोज २०७८ असार ४ गते १०:३१

काठमाडौं । चितवन चेम्बर अफ कमर्सले सरकारले तोकेको समयभित्रै कर बुझाउन नसक्ने जनाएको छ । एक विज्ञप्ति जारी गर्दै चितवन चेम्बरले तुरुन्तै सरकारलाई कर तिर्न नसक्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

कोरोना भाइरस र जारी निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प रहेकाले सरकारले तोकेको असार २५ गतेसम्मको समयभित्रै कर तिर्न नसक्ने चितवन चेम्बरले विज्ञप्तिमार्फत जनाएको छ । अहिलेको कठिन परिस्थितिमा तुरुन्तै कर तिर्न नसक्ने भएकाले असार २५ गतेसम्मको समयसीमाबारे पुनर्विचार गर्न चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका हुन् ।

उनले चितवनसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकाले सबै व्यवसायीलाई एउटै दर्जामा राखेर कर तिर्न दबाब नदिन सरकारको ध्यानाकर्षण गराएको छ । निषेधाज्ञा खुलेको कम्तीमा तीन महिना समयसीमा दिएर उद्योगी व्यवसायीहरुलाई सास फेर्ने वातावरण बनाइदिन पनि सरकारसँग चेम्बरको आग्रह छ ।

‘चितवनसहितका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी रहेको यस परिस्थितिमा सम्पूर्ण व्यवसायीहरुलाई एउटै दर्जामा राखी कर तिर्न दबाब नदिन सरकारको ध्यानाकर्षण गराउँदछौं । निषेधाज्ञा खुलेको कम्तीमा तीन महिना समयसीमा दिएर उद्योगी व्यवसायीलाई सास फेर्ने वातावरण बनाइदिन आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया