बिहीबार, वैशाख १३, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री पाेखरेलले मागे विश्वासको मत

नेपालखोज २०७८ असार ४ गते १३:१८

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले विश्वासको मत मागेका छन् । गएको जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन् ।

अहिले प्रदेश सभा बैठकमा प्रस्तावमाथि भइरहेको छ । कांग्रेसबाट मुख्यमन्त्री बनेका नेपालीलाई माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको साथ रहेको छ । साधारण अवस्थामा मुख्यमन्त्री नेपालीले विश्वासको मत पाउने अवस्था छ ।

प्रतिक्रिया