शनिबार, जेठ ५, २०८१

नेसनल लाइफ इन्स्योरेन्सद्वारा पाँच दिनमै मृत्यु दाबी भुक्तानी

नेपालखोज २०७८ असार ४ गते १८:४१


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले पाँच दिनमै मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले मृत्यु दाबी बापत ५३ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीका अनुसार पाँच दिनभित्रै स्वर्गीय सुकुना गुरुङ्गका परिवारलाई उक्त रकम बराबरको मृत्यु दाबी भुक्तानी दिइएको हो । गुरुङ्गको गत सन् २०२१ मे २८ मा कोरोनाको कारणबाट मृत्यु भएको हो ।

स्वर्गीय सुकुना गुरुङ्गले सन् २०१९ जुन ३ मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभ सहितको १० वर्षे अमृत जीवन बीमालेख खरिद गरेकी थिइन् । यससँगै, इन्स्योरेन्सका वित्त विभाग प्रमुख प्रज्जवल सायमीले स्वर्गीय गुरुङ्गको इच्छाइएको व्यक्ति निजको छोरा बिजेन्द्र गुरुङ्गलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, उक्त दाबी आवश्यक कागजात प्राप्त भएको ५ दिनभित्र नै दाबी फछ्रर्याैट गरिएको दाबी विभागका प्रमुख नविन श्रेष्ठले जानकारी गराएका छन् ।

प्रतिक्रिया