शनिबार, जेठ ५, २०८१

गरिमा विकास बैंक र केसीएल अस्टयुट क्यापिटलबीच सम्झौता

नेपालखोज २०७८ असार ५ गते १३:३४


काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र के.सी.एल. अस्टयुट क्यापिटल लिमिटेडबीच सेयर स्वामित्व खरिद गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र क्यापिटलकातर्फबाट अध्यक्ष दीपक पाण्डेयले हस्ताक्षर गरेका हुुन् ।

सम्झौता पश्चात के.सी.एल. अस्टयुट क्यापिटल लिमिटेडमा गरिमा विकास बैंक लिमिटेडको ५१ दशमलव २० प्रतिशत सेयर स्वामित्व कायम भई के.सी.एल. अस्टयुट क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित हुुने छ ।

गरिमा विकास बैंक लिमिटेडले सेयर लगानी गरे पश्चात के.सी.एल. अस्टयुट क्यापिटल लिमिटेडको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गर्ने समेत सहमति भएको गरिमा विकास बैंकका प्रमुुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र के.सी.एल. अस्टयुट क्यापिटल लिमिटेडका अध्यक्ष दिपक पाण्डेयद्धारा सयुक्त हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया